ताइवानमा तिब्बत समर्थक र्याली

ताइपेई . तिब्बत समर्थक र मानव अधिकार समूहहरूले आज (आइतबार) ताइवानको ताइपेईमा तिब्बतीहरू र चीनमा उत्पीडन भोगिरहेका अन्य अल्पसंख्यक समूहहरूप्रति ऐक्यबद्धता जनाउन समर्थक -याली हुने , ताइपेई टाइम्सले उल्लेख गरेको छ।
मार्च २००४ मा सुरु भएको यो -याली चिनियाँ शासनको विरुद्ध तिब्बती विद्रोहको क्रममा मृत्यु भएकाहरूको सम्झना गर्ने उद्देश्य थियो।
-यालीको आकार र एजेन्डामा बर्षेनी बढ्दै गएको आयोजकले बताएका छन् । यस वर्षको कार्यक्रम सिनजियाङ र हङकङमा उत्पीडन सामना गरिरहेका मानिसहरूलाई समर्थन देखाउने उद्देश्यले पनि भएको आयोजकले जनाएका छन् ।
ताइवानमा निर्वासित तिब्बती सरकारका प्रतिनिधि केल्साङ ग्याल्टसेन बावाले शुक्रबार ताइवानीहरूलाई चिनियाँ सरकारको दमनबाट पाठ सिक्न आग्रह गरे।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्