जापानी प्रधानमन्त्री किशिदा फुमियो मार्च २० देखि भारत भ्रमण गर्दै

नयाँ दिल्ली । जापानका प्रधानमन्त्री किशिदा फुमियोले मार्च २०—२१ मा दुई दिने भारतको औपचारिक भ्रमण गर्नेछन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्ताको क्रममा दुवै पक्षले आपसी हितका द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल गर्नेछन् ।
यस्तै, उनीहरूले जी—७ र जी—२० को आ—आफ्नो अध्यक्षताका लागि आफ्नो प्राथमिकताहरू पनि छलफल गर्नेछन्। भारत हाल २०२३ को लागि जी—२० अर्थव्यवस्थाहरूको समूहको अध्यक्ष छ । जापानी संसदको चलिरहेको सत्रका कारण जापानी विदेशमन्त्री योशिमासा हयासी जी २० विदेश मन्त्रीहरूको बैठकमा सहभागी हुन सकेनन्।
यद्यपी जापानी विदेशमन्त्रीले मार्च ३ को बिहान आठौं रायसिना संवादमा भाग लिएका थिए। उनले ‘द क्वाड स्क्वाडः पावर एण्ड पर्पज अफ द पोलिगन’ नामक प्यानल छलफलमा भाग लिएर क्वाड भनेको काउन्टर गर्ने प्रयास नभएको बताए ।
मन्त्री हयासीले मौलिक मूल्यमान्यता बाँडफाँड गर्ने चार देश भएकाले कानूनको शासनमा आधारित स्वतन्त्र र खुला अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्न र अभिवृद्धि गर्ने प्रयासको नेतृत्व गर्न क्वाडले चाहेको पनि बताए।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्