अमेरिकामा शक्तिशाली आँधी, २१ जनाको मृत्यु

काठमाडौं । दक्षिण तथा मध्यपश्चिमी अमेरिकामा आएको शक्तिशाली आँधीबाट कम्तीमा २१ जनाको मृत्यु भएको छ। कयौँ राज्यलाई असर पुग्ने गरी आएको आँधीबाट घरहरु भत्किएको र बिद्युत अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन्।
अर्कान्ससमा तीव्र रुपमा चलेको हावाले एउटा गाडी पल्टिँदा ५ जनाको मृत्यु भएको छ। यस्तै टेनेसीमा ७, इलिनोइसमा ४ तथा इन्डियानामा ३ जनाको मृत्यु भएको छ।
यस्तै अलबामा र मिसिसिपीमा पनि मानवीय हताहति भएको छ। अर्कान्ससमा गभर्नर सारा हुकाबी स्यान्डर्सले संकटकाल घोषणा गरेका छन् । अमेरिकाको राष्ट्रिय मौसम सेवाले अझै तीव्र गतिमा हावा चल्ने र खराब मौसमले थप प्रभाव पार्ने सम्भावना रहेको चेतावनी दिएको छ।
अमेरिकाको पावरआउटेज वेबसाइटका अनुसार ओहियो र पेन्सिलभेनिया राज्यसहित कयौँ राज्यमा झण्डै ६ लाख मानिस विद्युतविहीन भएका छन्। रुखहरु ढल्दा सडकसमेत अवरुद्ध भएका छन्।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्