सरकारी कर्मचारीद्वारा पाकिस्तानमा निवृत्तिभरण सुधारको विरोध

स्वात । पाकिस्तानका सरकारी कर्मचारीहरूले भर्खरै पेश गरिएको निवृत्तिभरण सुधारको विरोधमा स्वातमा र्यालीको आयोजना गरेको स्थानीय डनले पत्रिकाले उल्लेख गरेको छ । अखिल सरकारी कर्मचारी महासंघको आह्वानमा जुलुस निकालिएको हो । आन्दोलनकारीले सुधारका नाममा निवृत्तिभरणबाट ३५ प्रतिशत कटौती स्वीकार्य नहुने बताएका छन् ।
मुलाबाबा स्कुलमा जम्मा भएका आन्दोलनकारी स्वात प्रेस क्लबतर्फ र्याली गरेका थिए । उनीहरुले आफ्ना मागको पक्षमा नारा लगाएका थिए । सरकारले भर्खरै निवृत्तिभरण सुधार गरेको उनीहरुले स्वीकार नहुने बताएका छन् । उनीहरुले सरकारी कर्मचारीको ३५ प्रतिशत निवृत्तिभरण कटौती गर्नु अन्याय भएको बताए । उनीहरूले यो निर्णय सरकारी कर्मचारीहरूलाई स्वीकार्य नभएको बताए।
कर्मचारीले ढुवानी भत्ताको सबै बक्यौता प्रदेश सरकारले एकमुष्ट तिर्नुपर्ने माग गरेका छन्।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्