पाकिस्तानको खैबर पख्तुनख्वामा व्यापारी तथा स्थानीय नेता, कार्यकर्ताद्वारा विरोध प्रदर्शन

खैबर पख्तुनख्वा । पाकिस्तानको खैबर पख्तुनख्वाको तिरा उपत्यकामा धेरै सशस्त्र व्यक्तिहरूको प्रवेशको विरोधमा स्थानीय राजनीतिक नेता र व्यापारी समुदायले विरोध प्रदर्शन गरेका छन् । द न्यूज इन्टरनेशनल अनुसार सुरक्षाकर्मी र प्रहरीको उपस्थिति हुँदाहुँदै पनि दर्जनौं हतियारसहितको मानिसहरु गाउँमा पस्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ ।
त्यसैगरी तिराह व्यापारी संघका अध्यक्ष शेर मोहम्मद अफ्रिदी लगायतले तिरा उपत्यकाको शान्ति भंग गर्न कसैलाई पनि अनुमति नभएको बताएका छन् । बाग मैदानमा हतियारधारी व्यक्तिको आगमनप्रति चिन्ता व्यक्त गर्दै वक्ताहरूले हतियारधारीहरू निर्वाध रूपमा घुमफिर गरेपनि सरकारी निकायले सुरक्षाको नाममा स्थानीय जनतामाथि कडा प्रतिबन्ध लगाएको भन्दै गुनासो गरे ।
खैबर पख्तुनख्वाको कानून र शान्ति सुरक्षा व्यवस्था लामो समयदेखि बिग्रिँदै गएको छ। यसैबीच, आदिवासी क्षेत्रहरूमा आतंककारी हमलाहरू हुन थालेका छन् । पाकिस्तानमा आतङ्कवादले फेरि बढ्न थालेको छ । पछिल्ला केही महिनाहरूमा, देशमा विशेष गरी खैबर पख्तुनख्वा र बलुचिस्तानमा कानून र व्यवस्थाको अवस्था बिग्रिएको छ भने आतंकवादी समूहहरूले देशभर दण्डहीनताका साथ हमलाहरू सञ्चालन गरिरहेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्