जम्मू–कश्मीरको सडक सञ्जाल चार वर्ष भित्रमा अमेरिकाका सडक बराबर हुनेछ: गडकरी

श्रीनगर । आगामी ३–४ वर्षमा, जम्मू र कश्मीरका सडक सञ्जालहरु अमेरिकी सडकहरू बराबर हुने केन्द्रीय सडक यातायात र राजमार्ग मन्त्री नितिन गडकरीले बताए । ‘हामी यस्तो मिशनमा काम गरिरहेका छौं कि आगामी तीन–चार वर्षमा हामी जम्मू र कश्मीरको सडक नेटवर्कलाई अमेरिकाको बराबर बनाउनेछौं’ केन्द्रीय मन्त्री गडकरीले भने। केन्द्रीय मन्त्री केन्द्र शासित प्रदेशको दुई दिने भ्रमणमा छन् ।
उनले भने दिल्ली–कटरा जोड्ने चार लेनको ग्रीनफिल्ड एक्सप्रेसवे पनि बनाइनेछ, जसले दुई शहरहरू बीचको दूरी ५८ किलोमिटर घटाउनेछ। कुल ३२ ग्रीन एक्सप्रेस राजमार्गहरू निर्माण भइरहेको छ, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण दिल्ली–अमृतसर–कटरा ग्रीनफिल्ड हो।
“अहिले दिल्लीबाट कटराको दूरी ७२७ किलोमिटर छ, यो एक्सप्रेसवेले दूरी ५८किलोमिटरले घटाउनेछ। यससँगै दिल्ली–अमृतसर, दिल्ली–कटरा र दिल्ली–श्रीनगरबीचको दूरी क्रमशः ४ घण्टा, ६ घण्टा र ८ घण्टामा पूरा हुने सम्भावना छ,’ उनले भने ।
यस्तै, गडकरीले ट्वीटमा भनेका छन् कि जम्मु कश्मीरमा २५ हजार करोडको लागतमा १९ वटा सुरुङ निर्माण भइरहेको छ । यातायात मन्त्रीले यो सुरुङ निर्माणसँगै लद्दाखका लागि वर्षभरी सबैतिर सञ्जाल जोड्न सकिने बताए ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्