जु—जित्सु खेलमा विश्व च्याम्पियनसिपमा भारतको प्रतिनिधित्व गर्दै कश्मीरकी पहिलो महिला खेलाडी
बन्दीपोरा । कश्मीरको बन्दीपोरा जिल्लाको विज्जारा क्षेत्रकी २० वर्षीया युवती सबकत मलिकलाई मंगोलियामा हुने जु—जित्सु अन्तर्राष्ट्रिय महासंंघको विश्व च्याम्पियनसिपमा भारतको प्रतिनिधित्व गर्न छनोट गरिएको छ।
सफलताको सिँढी चढ्न निकै मिहिनेत गरेका सबकतले यसअघि पनि जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा धेरै उपाधि जितिसकेकी छन् ।
उनले नौ पटक राष्ट्रिय स्तरमा खेलिसकेकी छिन् । उनले हालसम्म राष्ट्रिय स्तरमा ६ स्वर्ण र ३ रजत पदक जितिसकेकी छन् । उनले आफ्नो क्यारियर जिल्ला स्तरबाट सुरु गरेकी थिइन् भने त्यसपछि राज्य, राष्ट्रिय र अब अन्तर्राष्ट्रिय स्तरमा खेल्दै आएकी छन् ।
‘म देशको नाम अगाडि बढाउन चाहन्छु । मसँग सुविधा छैन र धेरै कठिनाइहरूको सामना गर्नुपरेको छ, तर पनि, म जारी राख्न चाहन्छु र एक दिन म ओलम्पिक खेलाडी बन्न चाहन्छु, उनले भनिन्।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्