अमेरिकामा चीनले स्थापना गरेका थप ६ अवैध ‘प्रहरी चौकी’ पत्ता

सिङ्टन । अमेरिकी सुरक्षा निकायले अमेरिकामा चीनले स्थापना गरेका थप ६ अवैध ‘प्रहरी चौकी’ पत्ता लगाएका छन् । न्युयोर्क पोस्टको रिपोर्टका अनुसार अमेरिकी सुरक्षा निकायले आफ्नो देशमा रहेका थप ६ चिनियाँ ‘प्रहरी चौकी’ पत्ता लगाएका हुन् ।
यससँगै अमेरिका भर अन्य धेरै गैरकानूनी संस्थाहरू पनि फैलिएको दाबी गरिएको छ । चीनमाथि बेलाबेलामा जासुसीको आरोप लाग्ने गरेको छ । यसअघि अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले न्युयोर्कको म्यानहटनमा चिनियाँ प्रहरी चौकी रहेको खुलासा गरेको थियो । एफबीआईले यस घटनासँग सम्बन्धित दुई जनालाई पक्राउ गरेको थियो ।
लस एन्जलस र न्युयोर्क सहरबाहेक एफबीआईले सान फ्रान्सिस्को, ह्युस्टनका साथै नेब्रास्का र मिनेसोटाका सहरहरूमा पनि चिनियाँ प्रहरी चौकी फेला पारेको बताइएको छ । विश्वभर चिनियाँ नागरिकको निगरानी गर्नका लागि चिनियाँ कम्युनिष्ट पार्टीले यस्ता प्रहरी चौकी स्थापना गरेको अधिकारीको दाबी छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्