चीनले गरिरहेको सैन्य गतिविधिमा जी–सेभेनको चासो बढ्दा चीन असन्तुष्ट

काठमाडौं । आर्थिक रूपमा सम्पन्न विश्वका सात प्रमुख देशहरुको समूह जी–सेभेनका नेताहरूले एशिया–प्रशान्त क्षेत्रमा चीनले गरिरहेको सैन्य गतिविधिलाई लिएर चासो व्यक्त गरेका छन् ।
जापानको हिरोसिमामा भएको शिखर सम्मेलनले जारी गरेको विज्ञप्तिमा चीनको आर्थिक र सैन्य गतिविधिबारे चिन्ता व्यक्त गरिएको छ । साथै जी–सेभेन देशका नेताहरुले चीनसँग ‘स्थिर र रचनात्मक’ सम्बन्ध रहनुपर्नेमा जोड दिएका छन् ।
चीनलाई हस्तक्षेपकारी गतिविधि नगर्न तथा तिब्बत र सिन्जियाङको सुदूर पश्चिमी क्षेत्रमा कथित मानवअधिकार उल्लङ्घनबारे चिन्ता व्यक्त गरिएको छ । सम्मेलनमा आर्थिक लचिलोपनका लागि जोखिम कम गर्न र महत्वपूर्ण आपूर्ति शृङ्खलामा अत्याधिक निर्भरता कम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यसैबीच चीनले जी–सेभेन समूहको विज्ञप्तिप्रति असन्तुष्टि व्यक्त गरेको छ । चीनको विदेश मन्त्रालयले हिजो बेलुका एक वक्तव्यमार्फत् जी–सेभेनको चीनप्रतिको दृष्टिकोणमा कुनै अन्तर्राष्ट्रिय विश्वसनीयता नभएको टिप्पणी गरिएको समाचार संस्था एएफपीले जनाएको छ । जी–सेभेन समूहमा सात प्रमुख विकसित देश क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका रहेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्