पत्रकार सामी अब्राहमलाई अपहरण गरेको परिवारको दाबी

कराची । वरिष्ठ पत्रकार सामी अब्राहमलाई मे २४ मा इस्लामाबादबाट अज्ञात व्यक्तिहरू अपहरण गरी लगेको पारिवारले दाबी गरेका छन् । उनको अवस्था अझै पनि अज्ञात रहेको छ । अब्राहमलाई प्रहरीले पक्राउ गरेको स्रोतले बताएको छ, तर राजधानी प्रहरीले जारी गरेको विज्ञप्तिमा उनीहरूले पत्रकारको परिवारलाई सहयोग गर्ने र उनको खोजी गर्न कुनै कसर बाँकी नराख्ने बताएको छ।
अब्राहमका भाइ अली रजाले आबपारा प्रहरी चौकीमा अपहरणको उजुरी दिएका छन् । निवेदनका अनुसार अब्राहमलाई बोल टिभी अफिसबाट निस्किएर घर जाँदै गर्दा राति ९ बजे सेक्टर जी–६ स्थित सिक्सथ एभिन्यूको सर्भिस रोडमा चारवटा कारले रोकेको थियो । आठदेखि दश जना अपरिचित व्यक्तिले गाडीबाट निस्केर उनलाई जबरजस्ती लिएर गएको बताइएको छ ।
घटनाको समयमा अब्राहमका चालक अरशद उनीसँगै थिए। ती मानिसहरूले चालकलाई छोडेर अब्राहमलाई आफूसँगै लगे । ती व्यक्तिहरूले चालक र अब्राहमका तीनवटा मोबाइल फोन र कारको चाबी पनि लिएर गएको निवेदनमा उल्लेख छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्