तियानमेन स्क्वायर नरसंहारको सम्झनामा लन्डनमा चिनियाँ दूतावास बाहिर विरोध प्रदर्शन

तियानमेन । ४ जुन १९८९ मा भएको तियानमेन स्क्वायर नरसंहारको सम्झनामा, प्रदर्शनकारीहरू बेलायतको लन्डनमा अवस्थित चिनियाँ दूतावास बाहिर विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनको क्रममा, विश्व उइघुर कांग्रेसका युके निर्देशक, रहिमा महमुतले तियानमेन स्क्वायर नरसंहारको ३४ औं वार्षिकोत्सवको अवसरमा शक्तिशाली मन्तव्य दिएकी छन् ।
रहिमा महमुत उइघुर नरसंहारको प्राविधिक कार्यकारी निर्देशक पनि हुन् । त्यतिबेला हङकङवासी, तिब्बती र चिनियाँ सरकार विरुद्ध प्रतिरोध गर्ने सबैलाई सामेल गर्दै प्रदर्शनकारीहरू चिनियाँ दूतावासतिर लागेका थिए ।
यसैगरी, ३ र ४ जुनमा पीपुल्स लिबरेसन आर्मीले ट्याङ्कसहित स्क्वायरमा आक्रमण गर्यो र भयंकर मानवीय मूल्य चुकाएर विरोधलाई कुचल्न प्रयास गरेको थियो । त्यो घटनामा मारिएका संख्याको यकिन अझै हुन सकेको छैन ।
यद्यपी, चिनियाँ कम्युनिष्ट पार्टीले त्यो रात ३,००० भन्दा बढी घाइते भएको र ३६ विश्वविद्यालयका विद्यार्थीसहित २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्