चीनको एक रेस्टुरेन्टमा विष्फोट, ३१ जनाको मृत्यु

काठमाडौं । चीनको उत्तरपश्चिमी भागको निङ्जिया सहरमा बुधबार राति भएको ग्यास विष्फोटमा ३१ जनाको मृत्यु भएको छ। निङ्जिया सहरमा रहेको एक रेस्टुरेन्टमा विष्फोट भएको चिनिया सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ।
एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएर विफोट भएको जनाइएको छ। विष्फोटमा परी ७ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
राष्ट्रपति सी चिनफिङले दुर्घटनामा मृत्यु भएका परिवारलाई तत्काल राहत र घाइतेको उपचारमा सहयोग गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। सीले महत्वपूर्ण उद्योग तथा क्षेत्रहरूमा सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।
यसअघि पनि चीनमा ग्यास र केमिकल विस्फोटका घटना भइसकेका छन्। सन् २०१५ मा शृङ्खलाबद्ध विस्फोटमा १७३ जनाको मृत्यु भएको थियो।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्