Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सय दुई वर्ष पुरा, सदस्य संख्या १० करोड पुग्यो


काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापना भएको १०२ वर्षको अवसरमा शनिवार चीनमा वार्षिकोत्सव समारोह आयोजना गरिएको छ । सन् १९२१ जुलाई १ तारिखमा दिन अहिले चीनको सबैभन्दा विकसित र आधुनिक वाणिज्य सहर शाङहाईमा उक्त पार्टी स्थापना भएको थियो । सीपीसीमा झण्डै १० करोड सदस्य रहेका छन् । चीनको सत्तारुढ पार्टी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापना भएको १०२ वर्ष अवसरमा शनिवार चीनमा वार्षिकोत्सव समारोह आयोजना गरिएको छ ।

सन् १९२१ जुलाई १ तारिखमा दिन अहिले चीनको सबैभन्दा विकसित र आधुनिक वाणिज्य सहर शाङहाईमा उक्त पार्टी स्थापना भएको थियो । एकसय दुई वर्षे कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा चीनका राष्ट्राध्यक्ष एवं सीपीसीका महासचिव सी चिनफिङले विशाल कम्युनिस्ट पार्टी रहेको कठिनाइको सामना गरी गम्भीर रूपमा पार्टीको व्यवस्थापन गर्ने प्रणालीको पूर्णता दिलाउने र उच्च गुणस्तरीय पार्टी सदस्य टोली स्थापना गर्नुपर्ने कुरामा जोड दिएका छन् । वार्षिकोत्वको अघिल्लो दिन शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति संगठन विभागले गरेको घोषणाअनुसार पार्टीको सदस्य ९ करोड ८४ लाख पुगेको जनाएको छ ।

सन् २०२१ देखि यो सङ्ख्या लगभग १ दशमलव ३३ मिलियन अथवा १ दशमलव ४ प्रतिशतले बढेको छ । आगामी वर्ष सदस्यसंख्या १० करोड भन्दा माथि पुग्ने अनुमान समेत गरिएको छ । हाल चीनको जनसङ्ख्या करिब एक अर्ब ४० करोड रहेको छ । सन् २०१२ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीका १८ औँ राष्ट्रिय महाधिवेशनपछि सी महासचिवमा निर्वाचित भएपछि लगातार राष्ट्राध्यक्ष भएका छन् । विश्वको दोस्रो ठुलो अर्थतन्त्र बनेको चीनले आफूलाई विकासोन्मुख मुलुक भन्दै आएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले सन् २०३५ सम्म मध्यम स्तरको विकास गर्ने र सन् २०४९ सम्ममा आधुनिक विकसित मुलुक बन्ने लक्ष्य तय गरेको छ ।

सन् २०४९ नयाँ चीन स्थापनाको शतवार्षिकोत्सव पनि हो । गत वर्ष सन् २०२२ को अक्टोवरमा बेइजिङमा सम्पन्न सीपीसीको २० औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा चीनले सन् २०४९ सम्मको मार्गचित्र प्रस्तुत गरेको छ । सन् १९७८ मा चीनमा तङ स्याओफिङले अवलम्बन गरेको सुधार र खुल्लापनका कारण चीनले समाजवादी व्यवस्था र विकासको नमुना देखाउन सफल भएको हो । स्याओपिङको नीतिअनुसार अगाडि बढेको सीपीसीले चीनलाई विश्वको कारखाना बनाउने काम गरेको छ ।

विश्वभर उत्पादन हुने अधिकांश वस्तु चीनमा निर्माण हुने भएकाले त्यसो भनिएको हो । सन् १९२१ जुलाई १ तारिखका दिन चिनियाँ युवा श्रमिकहरूले सर्वहारा जनताको मुक्तिका लागि भनेर चीनको पूर्व क्षेत्रमा रहेको शाङहाई सहरमा पार्टी स्थापना गरेका थिए । राजतन्त्रात्मक शासन र विदेशी हस्तपेक्षका विरुद्ध चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो । सीपीसीको पहिलो राष्ट्रिय महाधिवेशन सन् १९२१ को जुलाई महिनाको २३ देखि अगस्ट २ तारिकसम्म शाङहाई च्यासिङमा डुङ्गाभित्र आयोजना भएको थियो ।

पहिलो महाधिवेशनमा ५७ जना सदस्य थिए । त्यति बेला शाङहाई फ्रान्सको अर्ध उपनिवेश जस्तै थियो । सो सम्मेलनमा माग लिने प्रतिनिधिहरू सन् १९४९ मा जनवादी गणतन्त्र घोषणा हुँदा केवल दुई जना माओ चतोङ र तोङ पिवु मात्र सहभागी थिए । सत्तामा आएपछि खुल्ला रूपमा आयोजित सीपीसीको पहिलो महाधिवेशनका रूपमा बेइजिङमा आठौँ महाधिवेशन आयोजना भयो । त्यसअघि सीपीसीको महाधिवेशन दोस्रो शाङहाई, तेस्रो, क्वाङचौ, चौथो शाङहाई, पाँचौँ वुहान, छैटौं मस्को (रुस) सातौँ यानआनमा भएको थियो । आठौँ महाधिवेशनपछि सन् २०२२ अक्टोबर १६ देखि २२ सम्म भएको २० औँ महाधिवेशनसम्म आइपुग्दा सबै महाअधिवेशन राजधानी बेइजिङ्गमा सम्पन्न भएको छ ।


क्याटेगोरी : विदेश, समाचार
ट्याग : #चिनियाँ कम्युनिस्ट पार्टी, #सीपीसी

तपाईको कमेन्ट लेख्नुहोस्