अन्नपूर्ण होटलको क्यासिनोबाट १ करोड रकमसहित ३ जना पक्राउ

काठमाडौं । अन्नपूर्ण होटलको क्यासिनोभित्रबाट झन्डै एक करोड रूपैयाँसहित तीन जना पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । बरामद रकममध्ये धेरै विदेशी मुद्रा रहेको बताइएको छ ।
उनीहरू अनलाइन जुवा खुलाउन संलग्न रहेको बताएपनि प्रहरीले थप खुलाएको छैन । यही प्रकरणमा अरु पनि पक्राउ पर्ने सक्ने भन्दै प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, विचार/लेख, समाचार
ट्याग : #अन्नपूर्ण होटल, #एक करोड, #क्यासिनोभित्र
तपाईको कमेन्ट लेख्नुहोस्