Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

कास्की प्रहरीले निःशुल्क वितरण गर्यो सेनेटरी प्याड


कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सेनेटरी प्याड वितरण गरेको छ । नेलम्बो नेपाल संस्थाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय कास्कीले सेनेटरी प्याड वितरण गरेको हो ।

उसले महिला प्रहरी कर्मचारीहरु र हिरासतमा रहेका महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गदै निःशुल्क सेनेटरी प्याड उपलव्ध गराएको बताइएको छ ।

प्रहरीलाई नेलम्बो नेपाल संस्थाबाट ४०५ प्याकेट सेनेटरी प्याड उपलब्ध गराइएको थियो । सेनेटरी प्याड महिला प्रहरी कर्मचारी तथा हिरासतमा रहेका महिलाहरुलाई बितरण गरिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, समाचार, स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्