करोडौं रकम लिएर प्रभु बैँकका कर्मचारी निराजन शाह फरार, प्रहरी भन्छ उजुरी नै आएको छैन् !
म विदामा थिएः शाखा प्रमुख डम्बर गौतम

रुकुमपश्चिम । जिल्लाको आठविसकोट नगरपालिकाको राडीबजारमा रहेको प्रभु बैंकका एक कर्मचारी करोडौ रकम लिएर फरार भएका छन् । उपचारको लागि भन्दै एक साताअघि १२ दिनको बिदा लिएका अप्रेशन ईन्चार्ज निराजन शाहले दर्जनौ बचतकर्ताको करोडौ रकम लिएर फरार भएका हुन् । बैंकसँगै पसल भएका ब्यापारी शंकर पुनको खाताबाट मात्रै शाहले १० लाख रकम अर्को खातामा ट्रान्सफर गरेका छन् । पुनले बैंक शाखाका प्रमुख डम्बर गौतमले छानविन भइरहेको भन्दै केही दिन पर्खन आग्रह गरेको बताए । अन्य विभिन्न व्यक्तिका खाताको रकम पनि निकालेको आशंका गरिएको छ ।
वडा कार्यालय, नगरपालिका समेतको नाममा रहेको खाताको रकम पनि दुरुपयोग भएको स्थानीयले बताएका छन् । बिभिन्न बचतकर्ताको करिव ५ करोड बराबरको रकम दुरुपयोग भएको हुनसक्ने आशंका गरिएको छ । बैंकले भने हिसाव चेकजाँच भइरहेको भन्दै आधिकारिक जानकारी गराएको छैन् ।
बैंकबाट रकम निकालेको सुचना बाहिरिएपछि छानबिनको लागि प्रभु बैंकको कर्णाली प्रदेशबाट टोली पुगेको छ । पैसा लिएर फरार भएका शाह अहिलेसम्म फेला परेका छैनन् । कतिपयले निराजन शाह अर्केको श्रीमती र बैंकको पैसा हिनामिना गरेर भारत छिरेको समेत बताइरहेका छन् ।
प्रभु बैंक आठविकोटका शाखा प्रमुख डम्बर गौतमले आफू विदामा बसेको बेला यो घटना भएको जानकारी दिए । उनले भने पैसा हिनामिना गरेर भागेको भन्ने खबर पाएपछि आफू बैंक आएको र अनुसन्धान सुरु गरेको छु । अहिले कर्णाली प्रदेशबाट समेत टोली आएको र बैंकको हिसाव हेरिरहेका छौं । अहिलेसम्म यति नै रकम हिनामिना भयो भन्ने अवस्था छैन् हामी अनुसन्धानमै छौं । सबै तथ्य पत्ता लाग्न अझै केही दिन लाग्ने शाखा प्रमुख गौतमले टेलिफोनमा भने ।
एक महिनाअघि देखि नै बैंकले राम्रो काम नगरेको भन्दै स्थानीयले केही आशंका गरेका थिए । तर, निराजन शाहमाथि अनुसन्धान नै नभएको उनीहरुको गुनासो छ । एक महिना अघि देखि नै शाहले करोडौं रकम लिएर भाग्ने योजना बुनेको देखिन्छ ।
आठविसकोट इलाका प्रहरी कार्यालयका प्रमुख नविन मरासिनी आफू कहाँ बैंकको रकम हिनामिना भएको घटनाबारे उजुरी नआएको बताउछन् । उनले भने आठविसकोटबाट एक महिला हराएको र खोजी गरिदिन निवेदन आएपनि बैंकको कर्मचारी फरार भएको बारे हल्ला सुनेपनि आधिकारिक रुपमा कुनै जानकारी आएको छैन् ।
हल्लाका पछि प्रहरी कुदेर अनुसन्धान गर्ने कुरा भएन, बैंकले आफै आन्तरिक रुपमा अनुसन्धान गरिरहेको होला । हामीलाई जानकारी आएको छैन् । जानकारी आएपछि मात्रै हामी अनुसन्धान सुरु गर्छौ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आठविसकोट नगरपालिका, #ईन्चार्ज निराजन शाह, #करोडौ रकम, #प्रभु बैंक
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्