Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

प्रभु बैंक आठविसकोटबाट एक करोड ३५ लाख झ्वाम पारेर कर्मचारी फरार


रुकुमपश्चिम । प्रभु बैंक आठबिसकोट शाखाबाट करिव डेढ करोड हिनामिना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बैंकका अप्रेसन इन्चार्ज निराजन शाह (निरविक्रम शाह) ले एक करोड ३५ लाख रकम झ्वाम पारेर फरार भएका छन् । बैंकको कर्णाली प्रदेशको टोली आएपनि अहिलेसम्म कुनै जानकारी दिइएको छैन् ।

टोलीले आन्तरिक अनुसन्धान गरिरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममा भने एक करोड ३५ लाख रकम अपचलन भएको बैंकले नै जानकारी दिएको छ ।

बैंकको प्रदेश कार्यालयले अहिलेसम्मको अनुसन्धानबाट उक्त परिमाणको रकममा अपचलन भएको भेटाएको प्रहरीलाई बताएको छ ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #आठबिसकोट शाखा, #प्रभु बैंक, #प्रारम्भिक अनुसन्धान

तपाईको कमेन्ट लेख्नुहोस्