Techie IT
  • ८ वैशाख २०८२, सोमबार
KhojPatrika

९ लाख ५० हजार भारतीय रुपैया सहित दुई नेपाली नागरिक पक्राउ


बारा । जिल्लाको मटीअर्वा नाकाबाट सशस्त्र प्रहरीले ९ लाख ५० हजार भारतीय रुपैया सहित दुई नेपाली पक्राउ गरेको छ ।

बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक भवराज कटवालको कमाण्डमा खटिएको टोलीले ९ लाख ५० हजार भारतीय रुपैया सुहित दुई नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

बोर्डर आउट पोष्ट मटीअर्वाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर १० मटीअर्वाबाट भारतीय रुपैया सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

मधेस प्रदेश ०३—०२५ प ३९३६ नम्बरको २२० सिसिको मोटरसाइकललाई शंका लागि चेकजाच गर्दा भारतीय रुपैया सहित नियन्त्रणमा लिइएको पं्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बारा श्रीनगर बैरिया वडा नम्बर ८ हाल पचरौता नगरपालिका वडा नम्बर ३ बस्ने ३२ बर्षिय श्यामबाबु सहनी र सोही ठाउ बस्ने २२ बर्षिय भुलन पटेल रहेको प्रहरीले जनाएको छ ।

बरामद भएको ९ लाख ५० हजार भारतीय रुपैया सहित दुवै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्