Techie IT
  • २९ चैत्र २०८१, शुक्रबार
KhojPatrika

गाजा युद्धमा इजराइल जितबाट एक कदम टाढा छः नेतान्याहु


काठमाडौं । इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार इजराइल गाजा युद्धमा ‘जितबाट एक कदम टाढा’ रहेको बताएका छन् । उनले हमासले सबै बन्धकलाई मुक्त नगरेसम्म कुनै युद्धविराम नहुने वाचा गरे।

हमास लडाकूहरूले इजराइलमा अभूतपूर्व आक्रमण गरेपछि अक्टोबर ७ मा सुरु भएको युद्ध छ महिना पूरा भएको अवसरमा मन्त्रिपरिषद्को बैठकमा उनले जितबाट एक कदम टाढा रहेको बताए ।

यसैबीच नेतान्याहुले ‘आफ्ना प्रतिनिधिहरूमार्फत’ इजराइलविरुद्ध धेरै हमलामा इरानको अप्रत्यक्ष हात रहेको आरोप लगाए ।

इरानले सोमबार दमास्कसमा आफ्नो दूतावासको कन्सुलर खण्डमा हवाई हमलामा आफ्ना सात रिभोल्युसनरी गार्डको हत्याका लागि जवाफी कारबाही गर्ने वाचा गरेपछि गाजामा युद्ध फैलने आशङ्का तीव्र भएको छ ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्