कम्बोडियाली सेनाको हतियार भण्डारमा विस्फोट, २० सैनिकको मृत्यु

काठमाडौं । कम्बोडियाका प्रधानमन्त्रीले सेनाको हतियार भण्डारमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको बताएका छन् । प्रधानमन्त्री हुन मानेटले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा शनिबार दिउँसो भएको घटनाले आफू स्तब्ध भएको बताएका छन् ।
प्रधानमन्त्रीका अनुसार यस विस्फोटमा धेरै सैनिक घाइते भएका छन् । दक्षिणी कम्बोडियाको कम्पोङ स्पेउ प्रान्तमा रहेको सैन्य शिविरमा यो विस्फोट भएको हो । यो विस्फोट कसरी र कुन परिस्थितिमा भएको हो भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन ।
प्रधानमन्त्रीले मृतक सैनिकका परिवारलाई क्षतिपूर्ति दिने र सैनिक सम्मानका साथ अन्त्येष्टि गर्ने आदेश दिएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्