Techie IT
  • ८ वैशाख २०८२, सोमबार
KhojPatrika

पर्सा प्रहरीले गोली हानेर समात्यो एक भारतीयलाई


काठमाडौं । पर्सा प्रहरीले गोली चलाएर एकजना भारतीयलाई पक्राउ गरेको छ ।

गएराति ११ बजे वीरगञ्ज महानगरपालिका–१६ मा प्रहरीले गोली चलाएर भारतको रक्सौल चम्पारन बस्ने वर्ष ४५ को बब्लु पासवान भन्ने गणेश कुमारलाई नियन्त्रणमा लिएको हो ।

उनी काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा पनि संलग्न भएको प्रहरीको अनुमान छ। प्रवक्ता थापाका अनुसार लाल मोहम्मद हत्यामा सम्लग्न देखिएको भन्दै थप अनुसन्धान जारी रहेको बताए ।

उनलाई खुट्टामा गोली लागेको र उपचार पश्चात् अहिले प्रहरी नियन्त्रणमा छन्। उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोल र दुईथान गोली समेत बरामद गरेको छ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्