Techie IT
  • २५ चैत्र २०८१, सोमबार
KhojPatrika

गाजामा जारी युद्धको विरोधमा अमेरिकामा प्रदर्शन


काठमाडौं । अमेरिकामा रहेको कोलम्बिया युनिभर्सिटीमा हिंसात्मक झडप हुँदा धेरै व्यक्ति घाइते भएका र ३० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

विश्वविद्यालयले विज्ञप्ति निकालेर त्यहाँ दैनिक रुपमा भईरहेको प्रदर्शन हिंसात्मक हुन थालेको र विद्यार्थी तथा अरु नागरिकले असुरक्षा महसुस गर्दै डरमा बाँच्न बाध्य भएका जनाएको छ ।

गाजामा जारी युद्धको विरोधमा अमेरिकाका धेरै विश्वविद्यालय र क्याम्पसहरूमा प्रदर्शन भइरहेको छ । आन्दोलनरत विद्यार्थीहरूले इजरायलसँगको आर्थिक सम्बन्ध अन्त्य गर्न पनि माग गरिरहेका छन् ।

यसअघि प्रहरीले कोलम्बिया युनिभर्सिटी र द सिटी युनिभर्सिटी अफ न्यूयोर्कमा ३ सय जना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्