Techie IT
  • ८ वैशाख २०८२, सोमबार
KhojPatrika

काठमाडौंको बत्तिसपुतलीमा ग्याङफाइट हुँदा युवक मृत्यु, ४ जना पक्राउ


काठमाडौं । काठमाडौंको बत्तिसपुतलीमा शनिबार साँझ एक युवकको हत्या भएको छ । मोरङ घर भई बत्तिसपुतली बस्दै आएका २४ वर्षीय शम्भु धिमालको कुमारी टोलमा हत्या भएको हो ।

दुई समूहबीच झडप भएको थियो । आक्रमणपछि गम्भीर घाइते भएका धिमाल लाई तत्कालै केएमसी लगिएपनि पछि मृत्यु भएको हो ।

प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ। घटना आपसी विवादको कारण हुन सक्ने प्रहरीले बताएको छ । धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्