मुम्बईमा होडिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु, ७४ घाइते

काठमाडौं । भारतको मुम्बईमा आँधीका कारण १५ हजार वर्गफिटको होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी करिब ७४ जना घाइते भएको भारतीय अधिकारीहरूले बताएका छन् ।
७० मिटर लामो होर्डिङ बोर्ड शहरको घर र पेट्रोल स्टेसनमा खसेको थियो । मुम्बईमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बिलबोर्ड खसेको थियो ।
होर्डिङ बोर्ड खसेर सवारी साधनहरू च्यापिएका छन् । घटनास्थलमा उद्धारका कामहरु भैरहेका छन् । होर्डिङ बोर्ड मुनिबाट पीडितलाई निकाल्न धातु काट्न विभिन्न ठूला उपकरणहरू प्रयोग भैरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्