टाटाको आधिकारिक बिक्रेता सिप्रदीको बद्मासी,नयाँ भनेर पुराना गाडी बेच्दै

काठमाडौं । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदीले बद्मासी गरेको तथ्य पत्ता लागेको छ । सिप्रदी ट्रेडिङले नयाँ भनेर पुराना सवारी साधन बिक्री गरेको भन्दै काठमाडौँ महानगरपालिकाले ४ वटा सवारीसाधन फिर्ता गरेपछि बद्मासी भएको तथ्य फेला परेको हो ।
महानगरपालिकाले पत्रकार सम्मेलन गर्दै सिप्रदीले नयाँ भन्दै पुराना गाडीहरु बिक्री गरेको प्राविधिक परीक्षणका क्रममा पाइएको जानकारी गराएको हो ।
नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदीले नयाँ भनेर महानगरपालिकालाई ६ वटा सवारी बिक्री गरेको तर ४ वटा भने पुराना रहेको पत्ता लागेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।
उनले महानगरले खरिद गरेका ६ वटा टिपरकै ब्लू बुकमा उत्पादन वर्ष २०२२ उल्लेख गरेको तर ४ वटा टिपरको उत्पादन वर्ष २०२१ रहेको पाइएको बताएका थिए । महानगरले सिप्रदीलाई गाडी फिर्ता लैजान आग्रह गरेको पनि बताइएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, विचार/लेख, समाचार
ट्याग : #सिप्रदी, #सिप्रदीले बद्मासी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्