गाजाको शरणार्थी शिविरमा हवाई हमला, कम्तीमा ५० जनाको मृत्यु

काठमाडौं । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले रफाह नजिकैको शरणार्थी शिविरमा भएको विस्फोटमा ५० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ । मृत्यु हुनेमा महिला र बालबालिका रहेका छन् ।
इजरायल डिफेन्स फोर्स आईडीएफले उक्त क्षेत्रमा हमासको कम्पाउण्डलाई लक्षित गरी हवाई हमला गरेको पुष्टि गरेको छ। उसले घटनाको समीक्षा भइरहेको बताएको छ ।
अघिल्लो दिन हमासले रफाहबाट तेल अभिभतर्फ आठवटा रकेट प्रहार गरेको थियो, जुन जनवरीदेखि सहरमा पहिलो लामो दूरीको आक्रमण थियो । दक्षिणी गाजा पट्टीबाट प्राप्त भिडियोहरूले ठुलो विस्फोट र भीषण आगो जलिरहेको देखाउँदछ ।
हमासले इजरायली हवाई हमलाले विस्थापित प्यालेस्टाइनीहरूको लागि रफाहको उत्तर(पश्चिममा रहेको शिविर, सैन्य कारबाहीबाट टाढा एक निर्दिष्ट मानवीय सुरक्षित क्षेत्रमा, मा आक्रमण गरेको बताएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #गाजामा हमास, #विस्फोटमा ५० जनाको मृत्यु
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्