Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

माटो बचाउन जुटौं नेपाली, देशप्रति ओतप्रोत गीत सार्वजनिक


काठमाडौं । नेपाली कलाकारहरुको एउटा टिमले राष्ट्रियता सम्बन्धि नयाँ सन्देश मुलक गित तथा भिडियो तयार गरेका छन । भारतले नेपालको सिमा अतिक्रमण गरेर सडक बनाए पछि यहि बिषय सँग सम्बन्धित गित कलाकारहरुले तयार पारेका हुन । कलाकार तथा चलचित्र निर्माता बिक्रम शाह, अमृत खाती, राजा राजेन्द्र पोखरेल, गायिकाहरु सिर्जु अधिकारी, अनु अधिकारी लगायतले हाम्रो माटो बोलको गीत सार्वजनिक गरेका हुन । गित नेपाली एकता र स्वाधीनता रक्षाको लागि नेपालीहरु एक हुनुपर्ने सन्देशको रहेको छ ।
भारत सीमा र नेपालको सिमा सम्बन्धि बहस उत्कर्समा पुगेको बेला कलाकारहरुले छोटो समयमा भएपनि “हाम्रो माटो” बोलको देश भक्ति गित सार्वजनिक गरेका हुन । गितमा बेला बेला भारतले सिमा मिचेर नेपालको राष्ट्रियतामाथी प्रहार गरेको आदि कुराहरु समेटिएको छ । सडक निर्माण गरेर नेपालीमाथि गरेको प्रहारलाई गीतमार्फत पोखिएको छ । गित संगीत मार्फत नेपाली नागरिकहरुलाई उर्जा दिएर राष्ट्रियता प्रति उक्त गितले योगदान गरेको कलाकार बिक्रम जंग शाह बताउछन । साच्चिकै सबै नेपालीले एकपटक उक्त गित सुनिदिन शाहको आग्रह समेत रहेको छ । अमृत खातिको शब्द र राजा राजेन्द्र पोख्रेलको संगीत रहेको गीतमा सङ्गीत संयोजन कमल सौरागको रहेको छ । रेकर्डिङ र मिक्सिङ्ग सन्जय श्रृपालको रहेको गीतको निर्देशन र सम्पादन हुम गैरेको रहेको छ । कलाकार सिर्जु अधिकारीको युट्युब मार्फत गीतलाई सार्वजनिक गरिएको हो ।


क्याटेगोरी : कला र मनोरञ्जन, प्रविधि, साहित्य
ट्याग : #माटो बचाउन जुटौं नेपाली

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं