काठमाडौँको बसुन्धारामा बिष्फोट

काठमाडौको बसुन्धारास्थित सुन्दरमार्गमा बिस्फोट भएको छ । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष रोहन गुरुगको घरमा बिष्फोट भएको हो । सिलिण्डर बिस्फोट भएको हो या बम नै बिस्फोट भएको हो भन्ने एकिन भएको छैन् । घरमा राखिएको गाडीमा बिस्फोट हुँदा सोही घरका सिसा मात्रै नभई एक सय मिटर वरिपरिका घरमा समेत क्षति पुगेको छ । अध्यक्ष गुरुगले साँढे ७ बजेतिर बिष्फोट भएको जानकारी दिए । भुइतलामा कुनै ग्यास नभएको र ग्यास बिष्फोट नभएको बताए । स्थानीयले भने बम नै बिष्फोट भएको दाबी गरेका छन् । गाडीमा आगलागी भएपछि स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । स्थानीयले बिष्फोटबाट आएको आवाजले भुकम्प आएजस्तो अनूभुति गराएको बताएका छन् । बिष्फोटबाट निकै ठुलो खाल्डो परेको छ । आसपासका पसलमा पनि सामानमा क्षति भएको छ ।
क्याटेगोरी : Uncategorized
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्